Meetings
Members

Go to Club's Website

Like us on Facebook 

हेमजामा बृक्षारोपण

पोखरा, ९ साउन। लायन्स क्लव अफ हेमजाले शनिबार हेमजामा बृक्षारोपण गरेको छ। क्लवको नियमित कार्यक्रम अन्तरगत हेमजामा वृक्षारोप कार्यक्रमको आयोजना गरेको हो ।

      क्लवले हेमजाको लामाचौतारमा करिव ६० वटा विरुवा रोपेको थियो । सिटि डेभलपमेण्ट वैक हेमजा शाखाको विशेष सहयोगमा भएको उक्त वृक्षारोपणमा कल्ली, पारिजात, पहेलो फूल, धुपी, तेजपात लागाएतका जातका विरुवा रोपिएको थियो ।
      कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लव ३२५ वि वान नेपालका एरिया चिफ कोअर्डिनेटर एमजेएफ तीर्थलाल श्रेष्ठले रोपियाका वोटहरुको संरक्षणको खाँचो रहेको बताए ।
      हामीहरु वृक्षारोपण त गर्दछौ तर यसको संरक्षणको अभाव हुने गरेको छ उनले भने–रोपिएका वोटहरुको संरक्षणको खाँचो पर्दछ ।
      कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बी वान नेपालका ट्रि प्लान्टेसन कमिटि चेयरपर्सन तिर्थबहादुर बस्नेत, जोन चियर पर्सन राजु श्रेष्ठ, नेकपा एमाले वडा नं.२७ हेमजाका अध्यक्ष मीनबहादुर थापा, एकिकृत नेकपा माओवादी वडा नं.२७ हेमजाका अध्यक्ष मनबहादुर केसी, लायन्स क्लव अफ हेमजाका संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, सहकोषाध्यक्ष सन्तमान श्रेष्ठ, विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीले बोलेका थिए।
      लायन्स क्लव अफ हेमजाका अध्यक्ष विनोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष धर्मराज भण्डारीले स्वागत र सचिव मिनबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए

 

Lions Clubs International is the world's largest service club organization with more than 1.4 million members in approximately 46,000 clubs in more than 200 countries and geographical areas around the world.

Lions Clubs International News
Connect with Us Online
Twitter